समाचार

रमेश खरेल लगायतले सुनकाण्डबारे मुख खोले, गृहमन्त्रालयको छानविन समिति माथि नै प्रश्न

काठमाडौं । ३८ क्वीन्टल सुनकाण्डको अनुसन्धानमा खटाईएका प्रहरीलाई नै फसाउन खोजिएको रमेश खरेल लगायत प्रहरी उच्च अधिकारीले बताएका छन् । सुन तस्करीको अनुसन्धानमा खटिएका प्रहरीलाई नै सुनकाण्डमा मुछिएको ती प्रहरी अधिकारीहरुले बताएका हुन् ।

पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, पूर्व डीआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले आइतबार ललितपुरमा संचारकर्मीहरुसंगको भेटघाटमा सुनकाण्ड र सनम शाक्य हत्याकाण्डबारे मुख खोलका छन् ।

एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको भण्डारी, मल्ल र खरेलको दाबी थियो ।

उनीहरुले गृहमन्त्रालयको छानविन समितिमाथि प्रश्न चिह्न खडा गरेका छन् भने छुट्टै आयोग गठन गरेर वा त्यसभित्रै रहने गरी ‘टाक्स फोर्स’ या संसदीय समिति बनाएर सुन तस्करी र शाक्य हत्याको पुनः छानबिन गर्नुपर्ने माग पनि गरेका छन् ।

निष्ठावान प्रहरी अधिकारीमाथि गम्भीर त्रुटी गरिएको उनीहरुको भनाई छ ।