कृषि

सात जातका बीउ सिफारिस

दाङ । जिल्ला कुषि विकास कार्यालयले यस वर्ष विभिन्न सातवटा जातको धानको बीउ सिफारिस गरेको छ ।

कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत दीपककुमार शर्माका अनुसार सिफारिस गरिएका बीउमा विन्देश्वरी, सावित्री, रामधान, सावामन्सुलि, सव (१), सुखा २ र ३ उन्नत् जात रहेका छन् ।

कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत ती धानको बीउको मूल्य प्रतिकिलो रु २४ देखि रु २७ सम्म तोकेको छ । यसरी सिफारिस गरिएको बीउ कृषि कार्यालयले अनुदानमा कृषकलाई वितरण गरेको छ । कार्यालयले अनुदानमा करीब १४ टन बीउ वितरण गरेको कार्यालयका बाली विकाश अधिकृत सुमन खनालले जानकारी दिए ।

त्यस्तै तुलसीपुर, घोराही, लमही क्षेत्र र गाउँपालिका अन्तर्गतका कार्यालयबाट पनि धानको बीउ कृषकलई वितरण गरिएकोछ । कार्यालयले आधा मूल्यमा धानको बीउ उपब्लध गराएको छ । जिल्लामा ५७ हजार हेक्टरमा धानखेती हँुदै आएको छ ।

त्यस्तै कार्यालयले अन्य किसानलाई भने सूचीकृत भएका धानको बीउ मात्र प्रयोग गर्न आग्रह गरेकोछ । हाइब्रेट र उन्नत जातका धानको बीउबीजन खरिद गर्दा कृषि मन्त्रालयअन्तर्गत बीउबिजन गुणस्तर नियन्त्रण शाखाले विभिन्न धानको बीउ सूचीकृत गरेको र सोही बीउ मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

कार्यालयले यस क्षेत्रमा बीउबिजन बिक्रीका लागि अनुमति पाएका व्यवसायीलाई तालीमको आयोजना गरेर विभिन्न जानकारी दिएको कार्यालयले जनाएको छ ।