राजनीति

बजेटविरुद्ध संसदमा यसरी गर्जिए गगन थापा !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले आव ०७५र०७६को बजेटले दुःखी तुल्याएको छ । संसदमा बजेटमाथिको छलफलमा बजेट निराशाजनक रहेको नेता थापाले बताएका हुन् । नेता थापाले बजेटको रिजल्टका लागि अर्को बर्षको रिपोर्ट कुर्नुपर्ने बताएका छन् ।

छलफलमा बोल्दैँ उनले भने, ‘वाम घोषणा पत्र हावादारी थियो, कम्युनिष्ट सरकारले ल्याएको नीति बरालिएको थियो । यो बजेट पनि कतै उडन्ते कार्यक्रमको पोकाको रुपमा आउने त होइन भन्ने डर पालिरहेकाहरुलाई यो बजेट घोषणाभन्दा विल्कुल फरक, नीति तथा कार्यक्रमभन्दा सम्हालिएको र सुधारको संकेत गरेकाले सन्तोष मानेको पाइएको छ’ । वर्तमान बजेटलाई निराशाजनक बजेटको संज्ञा दिदैँ बजेट चार ‘स’मा चुकेको उनले टिप्पणी गरे ।

नेता थापाले बजेट चुकेको चार स मा पहिलो स्पष्टता, दोस्रो समृद्धिको प्रयत्नमा स्पष्टताको अभाव, तेस्रो साहस र चौथो सृजनशीलता भएको बताए । बजेटलाई संगतिपूर्ण बनाउन पनि अर्थमन्त्री चुकेको भन्दै सांसद कांग्रेस गगन थापाले भने, इतिहासले दिएको अनुकुल समय छ । उत्कृष्ट पार्टी सरकारमा छ । उत्कृष्ट व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ । नेपालको कम्युनिष्टहरुसँग भएको उत्कृष्ट व्यक्ति अर्थमन्त्री हुनुहुनछ । तपाईलाई हाम्रो पूर्ण सहयोग रहन्छ ।’

अघि भने, ‘यति मात्र आग्रह गर्छु । अहिले तपाईले दाबी गर्न पाउनुहुन्छ । तर, एक वर्षपछि पास हो कि फेल भन्ने तपाई आफूले भन्ने होइन । यो पटक परीक्षा जनताले लिने हो । रिपोर्ट कार्ड हामीले पेश गर्ने हो । रिपोर्ट कार्डको प्रतिक्षा गर्नुहोला ।’