समाचार

३ हजार ८ सय किलो सुनकाण्डः भुजुङ्का सालाले गरे आत्मसमर्पण

बिराटनगर । ३ हजार ८ सय किलो सुनकाण्डका अभियुक्त भुजुङ गुरुङका साला छिरिङ वाङ्गेल घलेले अदातलतमा आत्मसमर्पण गरेका छन् । सुनकाण्डका अभियुक्तमा मुछिएका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आईतबार आत्मसमर्पण गरेका हुन् ।

सुनकाण्डका मुख्य अभियुक्त भनिएका चुडामणी शर्मा गोरेले बयानमा छिरिङलाई नेपालमा सुन तस्करीको साम्राज्य चलाउने प्रमुख व्यक्ती भनि मुछेका थिए । गोरेले अदालतमा दिएको बयान अनुसार छिरिङकै सेटिङमा विमानस्थलमा सुन ओसारपसार हुने गरेको थियो ।

गोरेकै अर्को बयानमा एसएसपी श्याम खत्री सुन तस्करीमा संलग्न प्रहरी अधिकारी भएको खुलाएका थिए । एसएसपी खत्रीले बिहिबार मात्रै आत्मसमर्पण गरेका छन् । उनीहरुको बयान लिने क्रम जारी रहेको छ ।

सम्बन्धित पढ्नुहोस्ः-

को होलान विमानस्थलमा बरामद गरिएको सुनका मालिक ?

एउटै ग्याङबाट ३८ क्वीन्टल सुन तस्करी !

थोरै कमजोरी भएको भएको सुनको हालत यस्तो…

सत्र केजी सुन हात लाग्यो !

एसपी लोहनी समातिए !

अदालतभित्रै पत्रकारलाई लात्ती

भुजुङले एयरपोर्टबाट यसरी भित्र्याउदाँ रहेछन् बोराका बोरा सुन !

‘गोरे’ बारे छानविन समितिले गर्यो यस्तो खुलासा

गोरेको नालीबेली

गोरेले क-कसलाई मुछे ?