साहित्य

राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना, आईसीयूमा उपचार हुदैँ

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचार गरेर भारतबाट फर्के लगत्तै फेरि अस्पताल भर्ना भएका छनज् । भारतबाट फर्केको १ दिनपछि नै उनी पुनः अस्पताल भर्ना भएका हुन् ।भारतको मेदान्त अस्पतालमा निको भएको बताएका घिमिरे फेरि आकस्मिक बिरामी

परेका छन् । उनको अहिले ग्रान्डी अस्पतालको आइसियुमा उपचार भईरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनलाई अस्पतालमो आईसियुमा राखेर उपचार भईरहेको छ ।

घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको छ तर उनको अवस्था अहिले सामान्य रहेको चिकित्सकको भनाई उदृत गर्दै पारीवारिक स्रोतले जनाएको छ । आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई भारत लगिएको थियो । उनी त्यहाँस्थित मेदान्त अस्पतालबाट शनिबार मात्रै डिस्चार्ज भएका थिए ।