मनोरञ्जन

बंगलादेशको मिडियाले बनायो नेपाली नायक दुर्गाराजको डकुमेन्ट्री (डकुमेन्ट्रीसहित)

काठमाडौं । एक बंगलादेशी मिडियाले चलचित्र फिक्काबाट डेब्यु गरेका नायक दुर्गाराज पाण्डेको डकुमेन्ट्री बनाएको छ । नायक सँगसँगै सञ्चारकर्मी र खेलाडीको रुपमा पनि आफ्नो पहिलान दर्ज गरेको पाण्डले फेसबुकमा पोष्ट गर्दै बंगलादेशी मिडियाले बायोग्राफिक डकुमेन्ट्रीक भिडियो बनाएका जानकारी दिएका हुन् ।

 

बंगालादेशको एक युट्युब च्यानलले उनको बायोपिक सहितको डकुमेन्ट्री भिडियो सार्वजनिक गरेपछि पछिल्लो समय उनको चर्चा बढेको छ । कान्तिपुर टेलिभिजनको हास्य टेलिसिरियल ट्वाक्क टुक्क रिटन्र्समाा डिएसपी खत्रीको भूमिकामा देखिदैँ आएका पाण्डे सञ्चारक्षेत्रमा पनि सक्रिय रहेका छन् । गत बर्षमात्रै पाण्डेले ईजिप्टमा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगीतामा नेपालका तर्फवाट सिल्भर मेडल जितेका थिए ।

फेसबुकमार्फत दुर्गाराजसँग जोडिन यहाँ क्लीक गर्नुहोस्

हेर्नुहोस् डकुमेन्ट्री भिडियोः-