देश

रु तीस लाखको सहयोगमा सभा हल निर्माण

रामपुर, पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा रु ३० लाखको लागतमा ८८ वर्षीय एक वृद्धको सहयोगमा रेशम सभा हल निर्माण भएको छ ।

रामपुर नगरपालिका–५ मटेरी बस्ने ८८ वर्षीय समाजसेवी रेशमराज पोखरेलले राधा दामोदर मन्दिरका लागि सभा हल निर्माणमा आर्थिक सहयोग गरेका हुन् ।

सो मन्दिरमा हुने विभिन्न भजनकृतन, कथावाचनलगायतका कार्यक्रम गर्न सहज होस् भन्ने उद्देश्यले सभा हल निर्माणका लागि आर्थिक सहयोग गरेको सहयोगदाता पोखरेलले बताए । उनले विभिन्न धार्मिक कार्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

करीब २०० जति मानिस अट्ने क्षमता रहेको सभा हलमा मन्दिरमा हुने विभिन्न धार्मिक क्रियाकलाप, कथावाचन, विवाह, व्रतबन्ध, पूजाआजालगायतका कार्यक्रम गर्न सजिलो हुने निर्माण समितिका अध्यक्ष दुर्गाप्रसाद पोखरेल बताए ।