आर्थिक

पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो, ओली प्रधानमन्त्री भएपछि ४ पटक मूल्यबृद्धी

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आज मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ ।

पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन/तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ घाटा रहेको जनाएको छ ।
यो मूल्यबृद्धीसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पेट्रोयियम पदार्थमा चार पटक सम्म मूल्यबृद्धी भएको छ । नेपाली काँग्रेसको भातृसंस्था नेबिसंघले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धीको बिरोध गरेपनि बिरोध स्वरुप गरेको उक्त आन्दोलनले प्रभाबकारी भूमिका खेल्न सकेको छैन ।