राजनीति

कांग्रेस अब सच्चिनुपर्छः नेता सिटौला

चितवन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको राजनीतिले व्यापक मोड लिएकाले कांग्रेसले पनि अब तंग्रिनुपर्ने बताएका छन् । दुईटा पार्टी एक भइसकेका तर एउटै कांग्रेस दुइतिर देखिएकाले अब सशक्त कांग्रेसको निर्माणमा लाग्नु पर्ने उनले बताएका हुन् ।

शनिबार नेपाली कांग्रेस चितवनले नारायणगढमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा चुनावी हारको जिम्मा सबैले लिएर अब अगाडी बढ्नुको विकल्प नभएको बताउदैँ उनले भने, ‘देशको राजनीतिमा परिवर्तन आएको छ ।’

गएको निर्वाचनमा गठबन्धनको नामबाट भोट मागेकाहरु आज एउटै भइसके’–उनले भने–‘अब बलियो संगठन बनाउनुको विकल्प छैन ।’

जनता नै जनार्दन रहेकाले जनताको विश्वास नेपाली कांग्रेसले जित्नै पर्ने भन्दै उनले भने, ‘जनताको विश्वास नै हाम्रो तागत हो । जनताबाट जे प्राप्त हुन्छ, त्यो जनताका लागि नै प्रयोग गर्ने हो’–उनले भने ।

कांग्रेसले विभिन्न ऐतिहासिक उपलब्धीहरुको नेतृत्व गरेकाले विकासको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने सिटौलाको भनाइ थियो ।