देश

प्रधानसेनापति क्षत्रीद्वारा निरिक्षण भ्रमण सम्पन्न

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले शनिबार पश्चिम पृतनाअन्तर्गत तनहुँ जिल्लामा रहेको जगदल गणको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त गणको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका छन् ।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री आजै काठमाण्डौं फिर्ता भएका छन् ।  नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ्ग जिल्ला, कुस्मीसेरा नगरपालिकास्थित लौवा खोलामा नवनिर्मित बेलिबृजको समुद्घाटनको सिलसिलामा उनी शुक्रबार स्याङजातर्फ प्रस्थान गरेका थिए ।