मनोरञ्जन

ह्वाइट हाउस एसएलसी प्रिन्सेसमा सहभागीहरुले देखाए आ–आफ्नो प्रतिभा

काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरिएको ८ औं संस्करणको ह्वाइट हाउस एसएलसी प्रिन्सेस प्रतियोगीतामा सहभागी २६ जना प्रतियोगीहरुले आज जोरपाटी स्थित नामी कलेजमा आयोजना गरिएको कार्यक्रमा सम्पूर्ण प्रतियोगीहरुले आ–आफ्नो आन्तरीक प्रतिभा प्रस्तुत गरेका छन

कार्यक्रममा प्रतियोगी नं. ५ कि आस्था थापाले गुरासै फुल्दा वनै रमाइलो भन्ने गितको वोलमा आफ्नो नृत्य प्रस्तुती वाट कार्यक्रमको उद्घाटन गरेकी थिइन भने मन्दिरा सेन्चुरीले नेपली रिमिक्स गितान नृत्य प्रस्तुत गरेकि थिइन त्यर्सैगरि विभिन्न नेपाली गितहरुमा कृष्टीना वन्त, ,निर्जल पौड्याल,आरजु गिरी,सौजनय तामाङ वेन्जु थापा, अन्जनी चन्द ,सलिना भुषाल, प्रविषा मर्हजन र आयुसा श्रेष्ठ ले पनि नृत्य गरेर मनोरन्जन प्रदान गर्नुका साथै प्रतिभा प्रर्दशनी गरेका थिए ।

त्यसै गरि निसा श्रेष्ठले वसन्त भन्ने गितको वालमा गित गाएर आफ्नो प्रतिभा देखाएकी थिइन भने श्रेष्र्या भट्ट र इसिका रिजालले पनि विभिन्न नेपाली गितमा गाएर आफ्नो प्रतिभा देखाएका थिए । आकाक्षां पाठकले अंग्रेजी भाषामा कविता वाचन गरेकी थिइन भने रुचि धितालले यौन हिंसाको वारेमा आफ्नो धारण व्यक्त गरेकी थिइन । सफलता वुढाथोकीले आमा वुवाको विषयमा आफ्नो धारण प्रस्तुत गरेकी थिइन ।

प्रेरणा भट्टराईले महिनावरी सवन्धमा आफ्नो नाटकको माध्ययमवाट सम्पूर्ण निर्णायक तथा दर्शकलाई भावुक वनाउन सफल भएकी थिइन त्यस्तै गरेर सुहाना सुवेदीले पनि गिती नाटक प्रस्तुत गरेकि थिइन । अस्मीता पन्जीयार र नाम्दु सेर्पाले कन्टेमपोररी नृत्य प्रस्तुती दिएकी थिइन । संन्सतृप्ति रेग्मी,पाल्मा लामा,रिया खड्गीले नेपाली पप गितहरुमा नृत्य प्रस्तुत गर्दै आफ्नो कला प्रस्तुती प्रर्दशन गरेकी थिइन भने सुलोचना मगरले कौडा गितमा नृत्य देखाएकी थिइन ।

उक्त कार्यक्रममा निर्णायक मण्डलमा जुम्मा तथा नृत्य प्रशिक्षक शान्ति लिम्वु,मिसेस व्यूटी क्वनकी फोर्थ रनरअप कृष्टि वानीया,मिस इकलेजकी विजेता पेमा गुरुङ,मिस टिन कलेजकी विजेता स्वाती श्रेष्ठ र इकलेज २०१८ की फष्ट रनरअप सोफीया श्रेष्ठ रहेकी थिइन ।

यस कार्यक्रमको अन्तिम प्रतियोगीता आगामी जेष्ठ ३० गते नाचघर जमलमा सम्पन्न हुने भएको छ । प्रतियोगिताका विजेताले “एसएलसी प्रिन्सेज २०१८”े को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ल्यापटप,मोवाइलफोन र ५ दिनको वैङ्कक भ्रमणको अवसर प्रदान गरिने छ साथै अन्य गिफ्टहयाम्पर पाउने छिन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै ल्यापटप मोवाइल आदि उपहारहरु पाउनेछन र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।