समाचार

याक एण्ड यतिको क्यासिनोमा बबन्डर, ‘भाडाका गुण्डा’ पालेको कर्मचारीको आरोप

काठमाडौं । राजधानीकमा सञ्चालनमा रहेको प्रतिष्ठित होटल याक एन्ड यतिमा रहेको क्यासिनो रोयलमा बबन्डर भएको छ । आफूहरुका माग पूरा नभएको भन्दै क्यासिनोका कर्मचारीहरु आन्दोलित बनेका हुन् ।

शनिबार ज्ञापनपत्र बुझाउन जानेक्रममा व्यवस्थापन पक्षले रोकेपछि बबन्डर समेत भएको छ । कर्मचारीहरुले व्यवस्थापन पक्षलाई कर्मचारीका मागको सुनुवाई नगरेको, आन्दोलनकालाई असफल पार्न भाडाका गुण्डाहरु पालेको लगायत आरोप लगाएका छन् ।

कर्मचारीहरुले ४५ महिनादेखि सन्चयकोषमा नपठाएको रकम यथाशीघ्र दाखिला गर्नुपर्ने , सरकारले लागू गरेको न्यूनतम् तलब दिनुपर्ने लगायत माग राख्दै आएका छन् ।