देश

‘असल शासन अभियान समुह’ को पहिलो बैठक सम्पन्न

काठमाडौं । इटहरी उपमहानगरपालिकको ‘असल शासन अभियान समुह’ को पहिलो बैठक सम्पन्न भएको छ । आर सी अधिकारीको नेतृत्वमा शनिबार बसेको बैठकले ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

विधान निर्माणको क्रममा रहेकाले पुर्णता पाए पछि आवश्यकता अनुसार कार्यसमिति विस्तार गर्ने गरि निर्णय गरिएको समूहका उपाध्यक्ष आर सि अधिकारीले सूर्य खबरलाई बताए ।

समाजमा रहेका विकृति, विसङती उन्मुलन गर्न र सबै नागरिकलाई समान न्याय होस् भन्ने हेतुले अभियान सञ्चालन गरिएको उपाध्यक्ष अधिकारीको भनाई छ । साथै उनले अभियानमा सबैको हातेमालोका लागि अपिल गरेका छन् ।