राजनीति

नेता खनालले जंगिदैँ भनेः मेरो वरीयता तोक्ने अधिकार कसैसँग छैन्, म दोस्रो वरियतामै छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो वरियता तलमामाथि भएकोप्रति रोस प्रकट गरेका छन् । आफ्नो योगदानको अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको बताउदैँ नेता खनालले आक्रोशित बनेका हुन् ।

आफूले पार्टीमा ऐतिहासिक योगदान दिएको उनले दाबी गरेका छन् । चीनमा भएको कार्ल मार्क्स सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएका हुन् ।

साथै उनले वरियताक्रममा चरम असन्तुष्टी पोखेका छन् । उनले आफू दोस्रो वरियतामै रहेका बताए । वरियताबारे पार्टीभित्र आवाज बुलन्द हुने उनको भनाई छ ।

कम्युनिष्ट आदर्श र सिद्धान्तहरु नबुझनेहरुले आफ्नो वरिताक्रम घटाएको नेता खनालको टिप्पणी छ । ३ नम्बर वरियतामा रहेका नेता खनालको ठाउँमा नेता नेपालले स्थान पाएका छन् ।