खेलकुद

टोस्टमास्टर्स वक्तृत्व प्रतियोगिताको उपाधी फेरी नेपाललाई

काठमाडौं । नेपालको प्रतिनिधि गर्दै ८ क्लवबाट ३८ जना टोस्टमास्टर्स डिस्टिक्ट लेभेल टेबल टपिक्स र वक्तृत्व प्रतियोगितामा नयाँ दिल्ली र आग्रामा सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगितामा काठमाडौं टोस्टमास्र्टस क्लवका सन्दीप अधिकारी डिभिजन स्तरीय प्रतिस्पर्धाको अन्तरराष्ट्रिय स्पिच कन्टेष्टमा प्रथम भएका थिए । त्यसैगरी लक्ष्मी बैंक टोस्टमास्र्टस क्लवको प्रतिनिधित्व गरेर जानुभएका दिपेश चालिसे देस्रो भए ।

टेबल टपिक्स कन्टेष्टमा बोधी टोस्टमास्र्टस क्लवका निलादरी परियलले पहिलो स्थान पाएका थिए । साथै हिमालयन टोस्टमास्र्टस क्लवका रुपक मैनाली तेस्रो भए ।

एभरेष्ट टोस्टमास्र्टस क्लव, काठमाडौं टोस्टमास्र्टस क्लव, हिमालयन टोस्टमास्र्टस क्लव, काठमाडौं कलेज अफ मेनेजमेन्ट टोस्टमास्र्टस क्लव र साँग्रिला टोस्टमास्र्टस क्लवले डिस्टुइगिस्ट अहेड अफ टाईम अर्वाड, (डाटा) अर्वाड जितेका थिए । निकै प्रडक्टिभ एरिया डाइरेक्टरलाई दिइने स्टार लुमिनस अवार्ड एरिया आई २ का एरिया डाइरेक्टर रञ्जीत आचार्यले जिते ।

अहिले नेपालमा १२ वटा क्लबले एउटा छुट्टै डिस्टिक्ट ४१ जुन डिभिजन ए मा पर्छ ,भएको छ । रञ्जीत आचार्य डिभिजन एको एरिया डाइरेक्टर चुनिनु भएको छ जुन टोष्टमास्र्टस मुभमेन्टको ठुलो उपलब्धि हो ।

एभरेष्ट टोष्ट मास्र्टस क्लबका शुमन शाक्य, आइ ३ का एरिया डाइरेक्टर समेत हुन् । उनि डिस्टिक्ट ४१ को एसिस्टेन्ट क्लव ग्रोथ डाइरेक्टर भएका छन् । यो डिभिजन अन्र्तगत नेपाल र भुटान समाबेस गरिएको छ ।

एरिया आई २ का निर्देशक आचार्य भन्छन् ‘ नेपाल पनि अन्तर्रा्ष्ट्रिय स्तरमा एउटा बलियो प्रतिस्पर्धी भएको छ । यसले हामीलाई निकै गौरभाम्बित बनाएको छ । यसले नेपालीहरु यो प्रतिस्पर्धामा र नेतृत्वमा रहेर काम गर्न सक्छौँ भन्ने प्रमाणित भएको छ ।

हामी नेतृत्व तहमा यस टोष्ट मास्र्टस प्रतिस्पर्धामा सहभागि हुन पाउँदा गौरभ महशुस गर्दैछौं । हाम्रो लक्ष्य भनेको टोस्टमास्टर्सको गतिबिधिहरुलाई देशैभर फैलाएर सन् २०२० सम्ममा नेपालमा छुट्टै डिस्ट्रिक्ट स्थापना गर्नु हो।’

एभरेष्ट टोष्ट मास्र्टस क्लबका शुमन शाक्य भन्छन् ‘हामी बौद्धिक र संस्कृतिक शक्ती हौं । र, यस क्षत्रको टोष्ट मास्र्टस परिवारमा अझै ठुलो जिम्मेवारी निभाउने समय आएको छ ।’

बिगत २० बर्षदेखि सामान्य उपस्थिति जनाउँदै आएको नेपाल अब भने दह्रो उपस्थिति जनाउन सक्ने भएको छ ।

अहिले नेपाल क्षत्रिय स्तरमा सक्रिय छ र अब क्षत्रिय र अन्तर्रािष्ट्रय स्तरमा टोस्टमास्र्टस मुभमेन्टमा सहयोग गर्न सक्ने स्थानमा पुगेको छ । हाल नेपालमा १२ टोस्टमास्र्टस क्लबका करिब ५०० सदस्यले साप्ताहिक रुपमा सार्वजनिक बहस,संचार र नेतृत्वकलाको अभ्यास गर्दै आएका छन् ।