खेलकुद

१० औं राष्ट्रपति रनिङ सिल्ड आजदेखि शुरु

सुर्खेत । माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रछात्राबीच कर्णाली प्रदेशस्तरीय १० औं राष्ट्रपति रनिङ सिल्ड आजदेखि यहाँ शुरु भएको छ ।
सो कार्यक्रमको कर्णाली सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभाका सांसद धुव्रकुमार शाहीले उद्घाटन गर्दै खेल जगतमा कर्णाली प्रदेश अब्बल रहेको बताए। गिनिज बुक अफ द वल्र्ड रेकर्ड हरिबहादुर रोकाया जन्माउने कर्णाली प्रदेशले मुलुकको गरिमालाईमाथि राख्न सहयोग पु¥याएको उनको तर्क थियो ।
आजबाट जेठ २१ गतेसम्म सञ्चालन हुने रनिङ सिल्ड प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, उस्सु लगायतका खेल समावेश गरिएको कर्णाली प्रदेश खेलकूद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति सिंहले जानकारी दिए। संयोजक सिंहका अनुसार सहभागी खेलाडीले स्वर्ण, रजत र काँस्यगरी ३०४ पदकका लागि प्रतिस्पर्धा गर्छन् ।

उक्त प्रतियोगितामा कर्णाली प्रदेशका हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुम, सल्यान र सुर्खेतसहित प्रत्येक जिल्लाबाट ८४ जनाका दरले ८४० खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले बताए ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु २० हजार, रु १५ हजार रु १० हजार पुरस्कार दिइने जनाईएको छ ।