काठमाडौं । इन्डोनेसियामा एक विमानमा बमको हल्ला फैलिएपछि यात्रुको भागदौड मच्चिएको छ । बोर्नियो टापुबाट जकार्ता जानका लागि उडान भर्ने तयारी गरिरहेको लायन एयरको बोइङ ७३७ विमानमा बम रहेको हल्ला फैलिएपछि यात्रुको भागदौड मच्चिएको थियो । ज्यान जोगाउन भन्दै हाम्फालेका केही यात्रुको हड्डी भाँच्चिएको जनाइएको छ ।
१८९ यात्रु सवार उक्त विमानका करिब १० जना घाइते भएका छन् । प्रहरीका अनुसार, मानिसहरूले २६ वर्षीय यात्री फ्रान्टीनुस निरगीले फ्लाइट अटेन्डेन्टसँग विमानमा बम राखेको कुरा गरेको सुने ।
यो सुन्नेबित्तिकै विमानमा यात्रुको भागदौड मच्चिएको हो ।भागभाग हुँदा एक यात्रीले संकटकालीन झ्याल फुटाइदिए । अनि धेरै यात्रीहरू विमानको दाहिनेतिरको पंखाबाट उफ्रिँदै भागे । केही चाहिँ दाहिनेतर्फकै इन्जिनबाट चिप्लिएर रनवेमा पछारिए । निरगीका साथै संकटकालीन झ्याल फुटाउने यात्रीलाई पक्राउ गरिएको छ । -एजेन्सी
भिडियो:-