समाचार

नक्कली भोले बाबालाई १ लाख सहित ५ वर्षको जेल सजाय सुनाइयो

काठमाडौं । नक्कली भोले बाबा बनी स्थानिय युवा युवतीलाई यातना दिने रामबहादुर चौधरीलाई अदालतले ५ बर्षको जेल सजाय सुनाएको छ । कैलाली घोडाघोडीका कथित भोलेबाबालाई जिल्ला अदालतले ५ बर्ष जेल र १ लाख रुपिँया जरिवाना सुनाएको हो ।

उनलाई न्यायाधीश परशुराम भट्टराईको एकल इजलास दोषी ठहर गरिएको छ । गत बर्षको अन्तर्राष्ट्रिय नारी दिवसको दिन राधा चौधरीलाई बोक्सीको आरोप लगाउदैँ भोलेबाबाले निर्घात कुटपिट गरेका थिए । उक्त घटना देशका राष्ट्रिय मिडियाहरुमा निन्दनीय रुपमा विभिन्न किसिमले प्रकाशित तथा प्रशारित भएका थिए । नक्कली भोलेबाबासहित उनका सहयोगीहरुलाइ पनि अदालतले विभिन्न किसिमका सजाय सुनाएको छ ।

रामबहादुरका सहयोग भनिएका ३ जनाले भने अदालती सफाइ पाएका छन् । नारी दिवसकै दिन दन्केको उक्त घटनाले देशव्यापी चर्चा पाएको थियो ।