देश

नेपालमा आर्थिक विकास हुनेमा विश्वास

काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल अब आर्थिक विकासको बाटामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्र दिवस २०७५ का उपलक्ष्यमा बहराइनवासी सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधि एवं विभिन्न कम्पनीमा कार्यरत नेपालीको उपस्थितिमा राजदूतावासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई समृद्ध गर्न तथा देशलाई आर्थिक विकासको बाटामा अगाडि बढाउन गणतन्त्र दिवसले सबैमा प्रेरणा दिने विश्वास व्यक्त गरेको दूतावासले जनाएको छ ।