शिक्षा

विद्यालयलाई शुल्क विवरण वुझाउन आग्रह

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयलाई शुल्क विवरण बुझाउन आग्रह गरेको छ ।

सामुदायिक विद्यालयले विभिन्न बहानामा शिक्षा ऐन विपरित शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो ।

उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विकको अध्यक्षतामा बसेको बैठकले जेठ २३ गतेसम्म अनिवार्य रुपले सम्पूर्ण विवरण बुझाउन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले विद्यालयमा शुल्क उठाउने आधार, शीर्षक र प्रक्रियाका बारेमा स्पष्ट पार्नसमेत आग्रह गरेको छ । शिक्षा नियमावली २०५९ को नियम १४७ र अनुसूची २२ बमोजिम प्रक्रिया पु¥याएर जानकारी दिनका लागि पनि बैठकले आग्रह गरिएको छ ।

यसैगरी बैठकले छात्रवृत्ति वितरण गर्दा पारदर्शी रुपमा गर्नुपर्ने,संस्थागत विद्यालयले छात्रवृत्ति घोषणा गर्दा जनप्रतिनिधिको रोहवहरमा मात्रै घोषणा गर्नुपर्ने र यही जेठ ३० गतेसम्म यो आर्थिक वर्षको शुल्क विवरण बुझाउन सम्पूर्ण संस्थागत विद्यालयलाई आग्रह गरेको छ ।