आर्थिक

सानिमा बैंकको चार शाखा समुद्घाटन सम्पन्न

काठमाण्डौ । सानिमा बैंकले उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी ४ वटा शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ । उक्त शाखाहरुको समुद्घाटन बैंकका पूर्व संचालक डा. सुवर्ण दास श्रेष्ठ तथा ब्याण्ड प्रवद्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र  हरिवंश आचार्य (मह जोडि) द्वारा संयुक्त रुपमा भयो ।

समुद्घाटन् समारोहमा बैंकका पूर्व संचालक श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यीशाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । समुद्घाटन समारोहमा मह जोडीले बैंक संचालनमा आएकोमा सम्पुर्ण सेवाग्राहीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु भयो । उद्घाटन समारोहमा स्थानीय नगरपालिका प्रमुख तथा उद्योग वाणिज्य संघका प्रमुखहरुले सानिमा बैंकको सफलताको शुभकामना व्यक्त गरे ।

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएम रहेको बैंकले जनाएको छ ।