आर्थिक

सिभिल बैंकद्वारा महालक्ष्मीलाई बेन्च हस्तान्तरण

सिभिल बैंकले आफ्नो दमक शाखा संचालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महालक्ष्मी आधारभुत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ । महालक्ष्मी आधारभुत विद्यालय, दमकको बार्षिकोत्सबको अवसरपारेर आयोजित कार्यक्रममा बैंकले बेन्च हस्तान्तरण गरेको हो ।
उक्त बेन्चहरु सिभिल बैंकका विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीद्वारा महालक्ष्मी आधारभुत विद्यालयका ब्यवस्थापन सािमतिका अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिका वडा नं ९ का अध्यक्ष रामबहादुर धिमाललाई संयूक्त रुपमा हस्तान्तरण गरे । उक्त कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारीहरु, विद्यार्थीहरु, अभिभावकहरु तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायत गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।
शिक्षा नै समृद्धिको आधार भएको कुराको मननगर्दै महालक्ष्मी आधारभुत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।