राजनीति

पाल्पा दुर्घटनामा मृत्युहुनेहरुप्रति काँग्रेस स्तब्ध

काठमाण्डौ । नेपाली काँग्रेसले पाल्पामा बस दुर्घटनामा मृत्यु हनुहरुप्रति गहिरो दुःख ब्यक्त गरेको छ । काँग्रेस पार्टी कार्यालयमा मूख्यसचिब कृष्णचन्द्र पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उक्त कुरा भनिएको छ ।
पाल्पाको तानसेनबाट रामपुर तर्फ जादै गरेको लु १ ख ९७५ नं.को यात्रुवाहक बस आज विहान रम्भा गांउपालिका—४, होमिनमा दुर्घटना हुँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । साथै, सभापति श्री शेरबहादुर देउवाले उक्त घटनामा परि घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।