आर्थिक

नेपालमा लगानीकालागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह

काठमाडौँ । उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानीगर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्रलाई बिहीबार सम्बोधनगर्दै उनले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्वप्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरुतर्फ विश्वका लगानीकर्ताहरुको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल रोजगारदाता परिषदको अध्यक्ष समेत रहेका ढकालले नेपाली उद्योगीका हैसियतमा सम्बोधनगर्दै नेपालले श्रमसम्बन्धीकानुनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हकअधिकारहरुको सुनिश्चिततामा उल्लेख्य व्यवस्था गरिएकोले औद्योगिक उत्पादन र रोजगारी सृजनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको पनि स्पष्ट गरे ।

श्रमिकहरुको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानुनमा गरिएको पछिल्लो यस सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकहरुकालागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पु¥याउने अपेक्षा नेपालका उद्यामीहरुले गरेको ढकालले बताए ।
नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थीरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको बृद्धि, औद्योगिक उत्पादनतथा सम्बन्धमा विकास र विस्तार तथाउत्पादकत्व र आर्थिक बृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगतिहुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको धारणा पनि सो सम्बोधनमा राखेका छन् ।
यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीका प्रवद्र्धनर नयाँ नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसरहरु सृजनाहुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि ढकालले बताए ।
आर्थिक बृद्धिले मात्रपनि सामाजिक न्याय हुन नसक्ने भन्दै ढकालले आर्थिक विकासको प्रतिफल देशको तल्लो तह सम्म तथा निम्न बर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पुर्याउने धारणा पनि उनले राखे ।
कुनै पनि देशमा र नेपालमा पनि श्रमिक र उनीहरुका संघ संगठनहरुको क्षमता अभिबृद्धि एक महत्वपूर्ण कार्य हो भन्दै औद्योगिक विकास, उत्पादकत्व बृद्धि, श्रमिकको हकअधिकारको संरक्षण र रोजगारीको सृजनामायसले सहयोग पु¥्याउने भन्दै यस्तो क्षमता अभिबृद्धिमा सबैको साझाचासो र अग्रसरताको अपेक्षा गरिएको पनि उनले बताए ।
यस क्षेत्रमाआइएलओको आर्थिक तथा प्राविधिक सहयोगको नेपालले अपेक्षा गर्ने धारणा पनि उनले सो सम्बोधनका क्रममा राखे ।

उक्त सत्रमा आइएलओका सदस्य रहेकाविश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्यप्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा र प्रतिनिधि तथा श्रमिक र श्रमिक नेताहरु गरी ४ हजार भन्दा बढीको सहभागिता रहेको ढकालले जानकारी दिएका छन् । जेनेभामाजारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्रयही मे २८ देखि जुन ८ सम्मउक्त सत्र सञ्चालन हुनेछ ।
अध्यक्ष ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, पर्यटन, उर्जा, सूचना–प्रविधि, अटोमोबाइल जस्ता क्षेत्रमालगानीगर्दै आईरहेको आइएमई ग्रुपका पनि अध्यक्ष हुन् ।