खेलकुद

भारोत्तोलन मा राजुलाई स्वर्ण

काठमाण्डौ । राजु गुरुङले राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । उनले पुरुष ५५ केजीमुनि स्वर्ण जितेका हुन् ।
राष्ट्रिय पारा भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६५ केजीमुनि ठाकुर श्रेष्ठ, ७२ केजीमुनि दुर्गामान तामाङ र ७२ केजीमाथि आशिष मानन्धर पहिलो भए ।
महिला ५५ केजीमुनि निर्मला भण्डारी र ५५ केजीमाथि मुन्नी आले मगर पहिलो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङले पुरस्कृत गरे ।