देश

घाइते भेटिएका चौधरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुर नजिक घाइते अवस्थामा फेला परेका कैलालीको भजनी रजवाराका २४ वर्षीय अमित चौधरीको उपचारका लागि लैजाने क्रममा बिहीबार मृत्यु भएको छ ।

कलुवापुर चोकबाट झण्डै १०० मिटर दक्षिणतर्फको सडकमा घाइते तथा अचेत अवस्थामा फेला परेका चौधरीलाई प्रहरीले अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते चौधरीको शरीरका विभिन्न भागमा चोटपटक लागेको देखिएकाले कुटपिट वा के कारणले चोटपटक लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।