आर्थिक

क्यास्ट्रोल लुब्रिकेन्टको नयाँ लुब्रिकेन्ट नेपाली बजारमा

काठमाडौं । बस, ट्रक, ट्रिपर तथा अन्य हेभी इक्विपमेन्टका लागि उपयुक्त इन्जिन आयलको रुपमा क्यास्ट्रोल भेक्टन नेपाली बजारमा भित्रिएको छ । क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल भेक्टन नेपाली बजारमा ल्याएको हो ।

एक कार्यक्रमका बीच नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपक खड्का र महासचिव ठाकुर प्रसाद न्यौपाने, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ र नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष महेश कुँवरले संयुक्त रुपमा क्यास्ट्रोल भेक्टन सार्वजनिक गरे ।

सो अवसरमा नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यले समय, प्रविधि र ग्राहकको आवश्यकता तथा माग अनुसार क्यास्ट्रोलले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको बताए ।

क्यास्ट्रोलको नेपालका लागि कन्ट्री म्यानेजर पन्चानन राउतले दुबईमा उत्पादन गरिएको क्यास्ट्रोल भेक्टनका धेरै रेन्ज भएकाले आगामी दिनमा समेत अन्य उत्पादन उपलब्ध गराउने बताए । भल्भो, मर्सिडिज बेन्ज, टाटा लगायतका गाडीहरुले आधिकारिक लुब्रिकेन्टको रुपमा क्यास्ट्रोल भेक्टन प्रयोग गरिरहेको बताउदै उनले डिजेल इन्जिनका लागि सो लुब्रिकेन्ट उत्कृष्ट रहेको बताए ।

सो अवसरमा नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले नेपाली उपभोक्ताहरुको चाहना बमोजिम क्यास्ट्रोलले नयाँ प्रविधिका लुब्रिकेन्ट ल्याइरहेको बताउदै क्यास्ट्रोल भेक्टनले क्यास्ट्रोल ब्रान्डलाई थप विश्वसनिय बनाउने बताए ।

क्यास्ट्रोल भेक्टन सीआई–४ प्लस/ई७ प्रविधिको मल्टिग्रेड डिजेल इन्जिन आयल हो । यसमा अन्य कुनै पनि लुब्रिकेन्टमा नभएको युनिक ‘सिष्टम फाइभ टेक्नोलोजी’ प्रयोग गरिएको छ, जसका कारण सो लुब्रिकेन्टले पहिले प्रचलित लुब्रिकेन्ट भन्दा ३० प्रतिशत बढी पर्फमेन्स दिन्छ ।

क्यास्ट्रोल भेक्टन अमेरिकी, युरोपेली, जापनिज र भारतीय सबै रेन्जका सबै गाडीहरुका लागि उपयुक्त छ । त्यसैगरी यो युरो २ देखि युरो ५ सम्मका सबै इन्जिनमा प्रयोग गर्नका लागि स्वीकृत प्राप्त छ । नेपालको सन्दर्भमा यातायात, ढुवानी, निर्माण र खानीमा प्रयोग भइरहेका हेभी सवारी साधनमा क्यास्ट्रोल भेक्टन प्रयोग गर्न सकिन्छ ।

कुनै पनि गाडीको इन्जिनमा विभिन्न कारणले क्षति पुग्छ । ती मध्ये इन्जिन आयल बाक्लो हुने र इन्जिनमा क्षय हुने तथा खिइने समस्या हुन्छ । त्यसैगरी पिस्टनमा जम्मा हुने डिपोजिट र दूषित पदार्थ तथा मोसोले पनि इन्जिनमा क्षति पु¥याउछन् । यी ५ वटै समस्याका कारण गाडीको कार्यक्षमता तथा दक्षतामा कमी आउन सक्छ । यसका कारण सञ्चालन खर्च बढ्नुका साथै विश्वसनियतामा पनि क्षति पुग्छ ।

युनिक सिष्टम फाइभ टेक्नोलोजी सहितको क्यास्ट्रोल भेक्टनले इन्जिनमा हुन सक्ने यी ५ वटै समस्याहरुको सामना गरी ३० प्रतिशत अधिकतम कार्यक्षमता बढाइदिन्छ ।

हेभी गाडीहरु महंगा हुन्छन् । यी गाडीको सञ्चालन खर्च पनि महंगो हुन्छ । यो अवस्थामा इन्जिनमा कुनै खराबी आएमा पनि सवारी धनीको लाखौं रुपैयाँ खर्च हुन सक्छ । क्यास्ट्रोल भेक्टनको प्रयोगबाट इन्जिनलाई सुरक्षित राख्नुका साथै समग्र गाडीको पर्फमेन्स र टिकाउपनामा पनि वृद्धि गर्न सकिने कम्पनीको भनाइ छ ।

क्यास्ट्रोल सधै नयाँ प्रविधिका साथ अगाडि बढ्ने र नयाँ प्रविधिका इन्जिन विकास भए पनि त्यसका लागि लुब्रिकेन्ट्समा पनि नयाँ प्रविधि भित्र्याउन सधै तत्पर हुने गरेको क्यास्ट्रोलको भनाइ छ ।

नेपालको सन्दर्भमा यहाँको भौगोलिक वातावरण, ग्राहकको क्रयशक्ति, गुणस्तर आदिलाई ध्यान दिएरे त्यसै अनुुसारको लुब्रिकेन्ट्स उपलब्ध गराउनु आवश्यक हुन्छ । यसका लागि बजार रणनीति पनि ग्राहकमैत्री बनाएको र धेरै राष्ट्रमा नम्बर वानमा रहन सफल क्यास्ट्रोललाई उपयुक्त मुल्यमा उपलब्ध गराउन पाएकोमा गौरवान्वित भएको नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले बताएको छ ।