पु.समाचार

प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं १ को संसदीय दलको नेतामा मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य शेरधन राई सर्वसम्मत रुपमा चयन भएका छन् ।

यसअघि मुख्यमन्त्री राई तत्कालिन नेकपा (एमाले) संसदीय दलको नेता थिए । पार्टी एकतापछि बिहीबार पहिलो पटक बसेको प्रदेश नं १ को संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरिएको हो ।

त्यस्तै प्रदेश नं १ का संसदीय दलको उपनेतामा टंक आम्बुहाङ चयन भएका छन् । आम्बुहाङ तत्कालिन नेकपा (माओवादी केन्द्र) का संसदीय दलको नेता थिए ।

संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्रबहादुर आङ्बोेको प्रस्तावमा सर्वसम्मत निर्णय भएको हो ।