देश

यसरी बग्यो बाढीले भक्तपुरको हनुमन्ते पुल

भक्तपुर । मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका जोड्ने निर्माणाधीन हनुमन्ते पुलको संरचना बाढीले भत्काएको छ ।

काभ्रेपलाञ्चोकको नाला तथा भक्तपुरका र ताथली, सुडाल र बागेश्वरीमा बुधबार राति परेको भीषण वर्षापछि आएको बाढीले मध्यपुरथिमी–४ तथा सूर्यविनायक–३ र ४ जोड्ने पुलको निर्माण र पिलर हाल्ने काम सकिएर यही जेठ १९ गते पुलको माथिल्लो भागको ढलान गर्न डण्डी बाँधेर ठीक पारिएको पुल निर्माणका सुपरभाइजर गणेश कार्कीले जानकारी दिए । करीब रु एक करोड ६१ लाखको निर्माण ठेक्का भएको उक्त पुल आगामी असार २० भित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो ।