आर्थिक

एनआईसीकोे नयाँ शाखा चन्द्रनिगाहपुरमा

काठमाडौं । एनआई सी एशिया बैंकले नयाँ शाखा थपेको छ । बैंकले बिहिबार एक समारोहका बिच रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुरमा नयाँ शाखा थपेको हो ।

रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जैसवालले उद्घाटन गरेका छन् ।

बैंकले हाल मुलुकभर २१७ शाखा, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १६३अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११३अर्ब र कुलनिक्षेप करिब रू १३९अर्ब पुगिसकेको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।