राजनीति

कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला व्यवस्थित गर्न यस्ता बने समिति

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित ढंगले संचालन गर्न स्थानीय स्तरमा विभिन्न समितिहरु गठन गरेको छ । नेपाली कांगेस मकवानपुर जिल्ला सभापति एवं जिल्ला सभापतिहरुको राष्ट्रिय भेला स्थानीय व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर वानियाँको अध्यक्षतामा आज बसेको विशेष बैठकले समिति गठन गरेको हो ।
आषाढ ५, ६ र ७ गते मकवानपुर जिल्लाको हेटौडामा हुन लागेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित ढंगले संचालन गर्न स्थानीय स्तरमा विभिन्न समितिहरु गठन गरेको छ । केन्द्रिय सदस्य एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितीमा यहाँ बसेको बिशेष बैठकले पार्टीको ९ वटा समिति गठन गर्दै संयोजक पनि तोकेको  छ ।
आज तोकिएका समितिहरुमा प्रदिप कोईरालाको नेतृत्वमा प्रचार समिति,  आनन्द पराजुलीको नेतृत्वमा सांस्कृतिक एवं अतिथि समन्वय समिति, गोपीलाल विश्वकर्माको नेतृत्वमा मञ्च व्यवस्थापन समिति, अर्जुन तिवारीको नेतृत्वमा स्वंयसेवक समिति रहेका छन् । त्यस्तै, वुद्ध लामाको नेृतत्वमा सचिवालय एवं मिडिया सेन्टर संयोजन समिति, राजीव सुवेदीको नेतृत्वमा स्वास्थय समिति, भरत पराजुलीको नेतृत्वमा आवास व्यवस्थापन समिति, रामबाबु बानियाको नेतृत्वमा खाद्यान्न प्रबन्ध समिति तथा बिष्णु लामिछानेको नेतृत्वमा प्रदेश संयोजन समिति गठन गरिएका छन् ।
पार्टीको बिहिबारको विशेष बैठकसँगै जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको स्थानीय तयारीको कार्य प्रारम्भ भएको छ । उद्घाटन समारोह एवं बन्द सत्रका सम्पूर्ण कार्यक्रमहरु स्थानीय पलपसा हलमा हुने निश्चित पनि भएको छ ।