सूचना प्रविधि

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गरेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्षजनशक्ति विकासमा योगदान पुर्याउने व्यावसायीक सामाजिक उत्तरदायित्व पहल अन्र्तगत एनसेलले यी छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गरेको हो ।

यस पहलअन्र्तगत, एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायकावार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबै भन्दा बढि अंकल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।

बिहीबार एक समारोहका बीच ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकका क्याम्पस प्रमुखप्रा.डा. गोकर्ण बहादुर मोत्रा, सहायकक्याम्पस प्रमुखजीतेन्द्र कुमार मानन्धर र एनसेलका प्रतिनिधीहरुले संयुक्त रुपमा विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेका थिए । १२ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथाकम्युनिकेसन, र कम्प्युटर संकायका १२ जनाविद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको थियो । साथै उत्कृष्ट नतिजाल्याई यीतीन संकायबाट स्नातक उतीर्ण गरेका चार जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो ।

जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेल सँधै नेपाली युवाप्रतिभाको विकासका लागि प्रतिबद्ध रहेको छ । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानले कम्पनीको यही प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एनसेलले पाँच वर्षदेखि निरन्तर प्रदान गरेका यीछात्रवृत्ति र उत्कृष्टता सम्मानले युवा विद्यार्थीहरुको लगन तथा मिहेनेतलाई कदर गर्दै उनीहरुलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साह नगर्दै आएको छ । यस्तो महत्वपूर्ण कार्यका लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थानतथा केन्द्रिय क्याम्पस पुल्चोकसँग सहकार्य गर्न पाउँदा कम्पनी गर्वान्वित रहेको एनसेलले जनाएको छ ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ५ वर्ष (२०७१–२०७५) का लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रियक्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । पाँच वर्षको अवधिमा ६० जनाविद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने गरी २० जनाविद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यस अवधिमा एनसेलले विद्यार्थीको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान वापत रु ८० लाख प्रदान गरेको छ ।

एनसेल छात्रवृत्ति स्नातकतहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशःद्घितीय र तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने गरेका छन् । यो वर्षको छात्रवृत्ति ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथाकम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायकाप्रथम, द्घितीय र तृतीय वर्षमा उत्कृष्ट नतिजाल्याएका ९ जनाउत्कृष्ट विद्यार्थी तथा तीनवटै संकायका छात्रामध्येबाट प्रथम, द्घितीय र तृतीयबर्षमा उत्कृष्ट नतिजाल्याएका ३ जना छात्राले पाएका छन् ।

उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथाकम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातकतहकोे पढाइ सकाएक प्रत्येक संकायका १/१ जना गरी ३ जना र यी तीनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रा गरी ४ जनाले यो सम्मानपाएका छन् । प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको राशि एक लाख रुपैयाँ रहेको छ ।

एक जिम्मेवार व्यावसायीक नागरिकका रुपमा, एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्चप्राथमिकतादिंदै विभिन्न व्यावसायीक सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस अन्र्तगत राम्रो नतिजाका साथ एसएलसी उतीर्ण गरेका तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भोगेका कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तह सम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको थियो ।

त्यसैगरी, डिजिटल शिक्षामा योगदान पुर्याउन कम्पनीले १६ वटा विद्यालयहरुमा डिजिटल पुस्तकालय निर्माण गरेको छ । साथै ४४ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिकतथा खेलकुद सामग्री लगायताका लागि सहयोग प्रदान गरेको छ, जसबाट २५,००० भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् ।

आफ्नो सामाजिक व्यावसायीक उत्तरदायित्व अन्र्तगत एनसेलले युवाहरुमा रहेको डिजिटल प्रतिभाको प्रवद्र्घनका लागि सहयोग प्रदान गर्नुका साथै नेपालीकला, साहित्य, संगीत, फुटबल, क्रिकेट प्रबद्र्धन लगायतका क्षेत्रमापनि योगदान पुर्याएको छ । कम्पनीले विभिन्न सामाजिक व्यावसायीक उत्तरदायित्व पहल अन्तर्गत स्वास्थ्य तथा वातावरण संरक्षणमा पनि योगदान पुर्याएको छ ।