अन्तर्राष्ट्रिय

पूर्वी लिबियामा आठ सर्वसाधारणको हत्या

त्रिपोली । लिबियाको पूर्वी भागमा पर्ने शहर दर्नामा बुधबार बारुदी सुरुङ्ग आक्रमणमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ ।

यस शहरमा सेना र आतङ्ककारीबीच झडप जारी रहेको छ । यस शहर आतङ्ककारीको नियन्त्रणमा रहेको बताइएको छ । मारिने आठै जना सर्वसाधारण नागरिक रहेका खुलेको छ ।

दर्ना शरहको पश्चिम प्रवेशद्धारमा भएको यस विस्फोटमा परी आठ सर्वसाधारणको मृत्यु भएको अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई बुधबार जानकारी दिएको छ । दर्ना शहरमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहले कब्जा गर्दै आएको छ ।

यद्यपी सन् २०१५ बाट नै सो शहरमा सेनाले घेराबन्दी गर्दै आएको छ । तर आतङ्ककारीले सेनालक्षित आक्रमण गर्दै आएका छन् । सेना र आतङ्ककारीबीच उक्त क्षेत्रमा समयसमयमा झडपहरु हुने गरेका छन् ।