अन्तर्राष्ट्रिय

राइपुरमा सुरक्षा व्यवस्था कडा

राइपुर, भारत । छत्तिसगढको दन्तेवडा जिल्लामा सशस्त्र बल र जिल्ला प्रहरी बलको गस्ती समूहलाई लक्ष्यगरी भारतीय नक्सालवादी, सशस्त्र माओवादीले पाँच जना प्रहरीको हत्या गरेपछि राइपुर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको समाचार छ ।

उक्त समूहलाई लक्षित गरी हानिएको वमबाट आइतबार साँझ कम्तीमा पाँच जना प्रहरीको निधन भएको र अरु कैयाँ घाइते भएका भारतीय प्रहरीले जनाएको छ ।

राइपुरको दन्तेवडा जिल्ला नक्सालवादी समूहको बढी नै प्रभाव रहेको जिल्ला हो । त्यहाँ नक्सालवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीले त्यस घटना यता उक्त क्षेत्रमा सुरक्षाको कडा प्रत्याभूति गरिएको बताएका छन् ।

उनले दन्तेवडा मात्र नभएर राइपुरका कैयौँ क्षेत्रमा थप प्रहरी बल खटाइएको बताए । सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी जारी राखेको बताएको छ ।

भारतका ती नक्सालवादी समूहले उक्त आक्रमणमा शक्तिशाली विष्फोटक पदार्थको प्रयोग गरेको पाइएको थियो । उक्त घटनाको पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

सो क्षेत्रमा विगत लामो समयदेखि भारतीय माओवादीहरुले हिंसा मच्चाउने गरेका छन् । उक्त क्षेत्रमा उनीहरुले विशेषगरी सुरक्षाकर्मीहरुलाई नै बढी तारो बनाएको पाइन्छ ।