समाचार

छाप्रा जल्दा सात लाखभन्दा बढीको क्षति

दमक । झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । आज बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान २ः३० बजेतिर भएको आगलागीमा परेर सेक्टर ए वानका धनबहादुर माझीको रु दुई लाख ५० हजार, सुरज राईको रु दुई लाख ५० हजार र सुकमान राईको रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको दमक इलाका प्रहरी कार्यालयले जनएको छ । दमक लगरपालिकाको बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएकोे थियो । आगलागीको कारण खुल्न सकेको छैन ।