मनोरञ्जन

छोरीसँगको आमिर खानको यस्तो फोटोले बलिवडमा तहल्का

काठमाडौं । प्राय विवादमा नआउने सुपरस्टार आमिर खान पछिल्लो समय विवादमा तानिएका छन् । आमिरले सेयर गरेको फोटोको कारण उनी विवादमा तानिएका हुन् ।

आमिरले परिवारसँग रमाइलो गरिरहेका धेरै तस्बीर फेसबुकमार्फत सार्वजनिक गरेका छन् । विभिन्न तस्बीहरुमध्ये उनले आफ्नी छोरीसँगको एक तस्बीरले यतिबेला बलिवडको सामाजिक सञ्जाल तातेको छ । उक्त फोटोबारे सामाजिक सञ्जालमा विभिन्न ट्रोलहरु बनेका छन् ।

फोटोमा आमिर आफ्नी छोरी इरासँग पार्कमा खेल्दै गरेका छन् । यो फोटोमा ट्रोलहरुले इराको कपडालाई लिएर बुवा–छोरीको सम्बन्धलाई एकदमै अभद्र किसिमको टिप्पणी गरेका छन् ।