शिक्षा

भारतीय शैक्षिक मेला हुने

काठमाडौँ । द हिन्दू ग्रुपको आयोजना र द नलेज नेटवर्कको सहकार्यमा काठमाडौँमा यही जेठ १८ र १९ गते भारतीय शैक्षिक मेला हुने भएको छ ।

मेलामा भारतका उत्कृष्ट मानिएका र अन्य विश्वविद्यालयका विषयबारे जानकारी दिइने तथा विद्यार्थीका ज्ञान परीक्षण र परामर्श हुनेछ । मेलामा चिकित्सा, इञ्जिनियरिङ, सूचना प्रविधि, बिजनेश स्टडिज, मानविकी, आर्ट एण्ड डिजाइन, कानून, पत्रकारिता, कृषि आदि विषयमा परामर्श दिइने हिन्दू ग्रुपका प्रतिनिधि एस सुदर्शनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाली विद्यार्थीका लागि भारतीय विश्वविद्यालयमा दिइने छात्रवृत्तिबारे पनि मेलामा सम्बन्धित पक्षसँग प्रत्यक्ष सम्पर्क हुने नलेज ग्रुपका प्रबन्ध निर्देशक विकास त्रिवेदीले बताए ।
मेलाका लागि नेपाल सरकार र स्थानीय तहको अनुमति लिइसकिएको आयोजकले जनाएको छ ।