स्वास्थ्य

रुपा गाउँपालिकाका पाँचवटै स्वास्थ्य चौकीमा प्रयोगशाला

पोखरा । कास्की जिल्लामा क्षेत्रफलको हिसाबले सबै भन्दा सानो एवं सुन्दर रुपागाउँपालिकामा सञ्चालित पाँचवटै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएकोछ ।

स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै कुनैपनि रोगको पहिचानका लागि एक दिन लगाएर पोखरा धाउनुपर्ने उक्त गाउँपालिकाका सर्वसाधारणको बाध्यता अन्त्य भएकोछ ।

सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने अभियान अन्तर्गत सञ्चालन गरिएको प्रयोगशालामा रगत, दिसापिसाब, खकारलगायतका विभिन्न २० प्रकारका रोगको परीक्षण गरिने गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको रु १९ लाख र अमेरिकामा रहेका नेपालीको संस्था इन्पावर नेपाल फाउण्डेशनको रु ६ लाख गरी कूल २५ लाखको लागतमा प्रयोगशाला स्थापना गरिएको हो ।

गाउँपालिकाको देउराली र रुपाकोट स्वास्थ्यचौकीमा प्रयोगशालाबाट जनताले बुधबारदेखि सेवा प्राप्त गरेको बताउँदै उनले भने–“बाँकी तीनवटा स्वास्थ्यचोकीमा समेत असार मसान्तसम्ममा सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।”

“कूल ती हजार ७८० घरपरिवार रहेको गाउँपालिकामा १४ हजार ५ १८ जनसंख्या रहेको बताउँदै” गाउँ प्रमुख ओझा भन्छन् “पहिलो चरणमा गाउँपालिकाको आन्तरिक स्रोतबाट प्रत्येक स्वास्थ्य चौकीमा एक । एक जना ल्याब असिस्टेनको समेत व्यवस्था गरिएकोछ ।”
पूर्व स्वास्थ्यमन्त्री एवं संघीय सभासद खगराज अधिकारीले गाउँपालिकाको केन्द्र भिरचोकस्थित रुपा स्वास्थ्यचौकीमा स्थापना गरिएको प्रयोगशालाको एक कार्यक्रमकाबीच बुधबार उद्घाटन गर्दै मुलुक र जनताको समृद्धिका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए ।