विचित्र संसार

करिब एकदर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्रै बच्चा जन्मियो

नयाँदिल्ली । भारतको पश्चिमी प्रदेश गुजरातमा एकजना ३२ वर्षीय महिलाले जंगलको बाटोमा करिब एकदर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्माएकी छन् ।

सो घटना शुक्रबार (हिजो) विहान सवेरै भएको हो । मन्गुबेन मक्वाना नाम गरेकी लुनासापुर गाउँ निवासी ती महिलालाई अचानक प्रसवव्यथा ९लेबर पेन० लागेपछि उनका एक आफन्तले एम्बुलेन्समार्फत जाफाराबादनजिकै रहेको सरकारी अस्पतालमा लगिरहेका थिए ।

अस्पताल लग्ने क्रममा अम्रेली जिल्लामा रहेको घना जंगल गिरमा पुग्दा प्रसव व्यथा छट्पटाएकी मन्गुबेनको अवस्था नाजुक भएपछि बच्चा जन्माउन जंगल मै एम्बुलेन्स रोकिएको थियो । एम्बुलेन्समा रहेका आकस्मिक कर्मचारीको सहयोगमा उनीले बच्चा जन्माइन् ।

एम्बुलेन्सभित्र बच्चा जन्माएका बेला १२ वटा सिंहको समूहले एम्बुलेन्स घेरेको थियो । सिंहले झन्डै साढे एक घन्टा एम्बुलेन्सलाई घेरेको बताइएको छ ।

‘त्यसपछि एम्बुलेन्सका चालकले विस्तारै गाडी चलाए र लाइट बालेर एम्बुलेन्स अगाडि बढेपछि सिंहले बाटो छोडेको एम्बुलेन्स मै रहेका एक जना कर्मचारी चेतन गाधेले बताएका छन् ।

आमा र बच्चा दुबैको अहिले सुरक्षित अवस्थामा जाफ्राबाद अस्पतालमा उपचार भइरहेको छ । -रासस/सिन्ह्वा