समाचार

संघीय संसदमा बजेटमाथि छलफल जारी

काठमाडौं । अर्थमन्त्री डा .  युवराज खतिवडाले सीप र क्षमताका आधारमा प्रस्तुत गरिएको लोककल्याणकारी बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७५/ ७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु गरियोस् भन्ने प्रस्ताव सभामुखमार्फत गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले जेठ १५ गते संघीय संसद् ( प्रतिनिधिसभा / राष्ट्रियसभा )मा आगामी आर्थिक वर्ष ०७५/७६ को आम्दानी र खर्चको विवरण (बजेट) पेश गरेका थिए । उक्त बजेट माथिको सामान्य छलफल संसदमा शुरु भइरहेको छ ।
.