आर्थिक

पोखरामा यामाहा एफजी २५ ‘राइड आउट’

पोखरा । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजी २५ का राइडरहरुका लागि शनिबार साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को तेस्रो संस्करणको आयोजना गरेको छ । यसपटक गण्डकी अञ्चलका एफजी २५ राइडरर्सलाई पोखराको यामाहा डिल विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै वाटरफ्रन्ट रिसोर्ट लगेको थियो जहाँ उनीहरुले एउटा सुखद र रमाइलो दिनको अनुभव गरे ।

पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’लगायतका सामुहिक टास्क दिइएको थियो । कार्यक्रमको अन्तमा सहभागी सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो ।

विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताए । साथै, सहभागी राइडरहरुले पनि यामाहाले दिएको अवसरप्रति एफजी २५ का राइडर खुसीव्यक्त गरे । ‘यामाहाले एफजी २५ चढ्ने राइडरहरुलाई एउटा अविस्मरणीय दिनप्रदान गरेको छ । यसका लागि यामाहालाई धन्यवाद दिन चाहन्छु । भविष्यमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाओस् भन्ने चाहन्छौं,’ सहभागी राइडर ज्ञानेन्द्र मल्लले भने ।

अत्याधुनिक फ्युलइन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।

यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ । एफजी२५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । नेपालमा लन्च भएको एक वर्ष नबित्दै एफजी २५ तीन हजारभन्दा बढी ओटा विक्री भइसकेको छ ।