समाचार

३ हजार ८ सय किलो सुन काण्डः फरार अभियुक्त एसएसपी खत्रीद्वारा आत्मसमर्पण

विराटनगर । ३ हजार ८ सय किलो सुनकाण्डमा मुछिएका फरार एसएसपी श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । खत्रीको नाममा अन्तर्राष्ट्रिय प्रहरीमा डिफ्युजन नोटिस जारी भएपछि उनले बिहिबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

सुन प्रकरणका मुख्य नाईने भनिएका चुणामणी उप्रेती गोरेले आफ्नो बयानमा श्याम खत्रीलाइ सुनप्रकरणका मुख्य पात्र भनि बताएका थिए । तस्करलाई सघाउने प्रहरी अधिकारीहरुमध्ये खत्रीको नाम पहिलो नम्बरमा छ ।

खत्री १ किलो सुन ओसारेवापत ५० हजार लिने गरेको गोरेले बयानमा खुलाएका छन् । गोरेका अनुसार खत्रीले पटकपटक गरी सुन तस्करबाट झन्डै २ करोड रुपियाँ उठाएका छन् ।

खत्रीलाई साढे ३३ किलो सुनकाण्डमा पक्राउ गरिएको थियो तर पछि अदालतले सफाइ दिएको थियो ।

सम्बन्धित पढ्नुहोस्ः-

को होलान विमानस्थलमा बरामद गरिएको सुनका मालिक ?

एउटै ग्याङबाट ३८ क्वीन्टल सुन तस्करी !

थोरै कमजोरी भएको भएको सुनको हालत यस्तो…

सत्र केजी सुन हात लाग्यो !

एसपी लोहनी समातिए !

अदालतभित्रै पत्रकारलाई लात्ती

भुजुङले एयरपोर्टबाट यसरी भित्र्याउदाँ रहेछन् बोराका बोरा सुन !

‘गोरे’ बारे छानविन समितिले गर्यो यस्तो खुलासा

गोरेको नालीबेली

गोरेले क-कसलाई मुछे ?