देश

रामधुनीमा बधशाला निर्माण

इटहरी । सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले नगर क्षेत्रका मासु उपभोक्तालाई स्वस्थ मासु आपूर्ति गर्ने उद्देश्यले निर्माण गरेको पशु बधशाला आजबाट विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ ।

रामधुनी नगरपालिका– १ मा पशुपक्षी बजार निर्देशनालय काठमाडाँै वल्डभिजन र स्थानीय रामधुनी नगरपालिकाको साझेदारी गरी कूल रु ८० लाखको लागतमा निर्माण सम्पन्न उक्त पशु बधशालाका उप–प्रमुख सविना चौधरीले उद्घाटन गरे ।

उनले जुन उद्देश्यले यसको निर्माण भएको हो त्यही उद्देश्य अनुरुपको स्वस्थ र स्वच्छ मासु उपलब्ध गराउनुपर्ने बताए ।

सो बधशालामा पशुको बध गर्नुअघि बेहोस बनाउने मेशिन, ब्वाइल गर्ने मेशिन तथा मासु भण्डारण गर्ने उपकरण लगायतको मासु स्वस्थ राख्न प्रयोग गरिने सबै प्रकारका उपकरण जडान गरिएको छ ।

पशु बधशालामा बध गरिएका स्वस्थकर मासु उपभोक्तासम्म सहज रुपमा उपलब्ध गराउनका लागि रामधुनीको झुम्का बजारमा हाल रु २० लाखको लगानीमा चार कोठे मिटमार्ट भवनसमेत निर्माण हुँदै छ ।