समाचार

पूर्व अर्थमन्त्री भन्छन्ः पाँच सय र एक हजारका नोट बन्द

चितवन । नेकपाका नेता सुरेन्द्र कुमार पाण्डेले आफू अर्थमन्त्री भएको भए पाँच सय र १ हजारका नोट बन्द गर्ने बताएका छन् । पूर्व अगर्थमन्त्री समेत रहेका पाण्डेले देशमा भैरहेको भ्रष्टाचार रोक्न पाँच सय र एक हजार दरका नोट बन्द गरिनुपर्ने बताएका हुन् ।

उनले देशलाई भ्रष्टाचारको जालोबाट मुक्त गर्न आवश्यक रहेको र त्यसका लागि एक सय रुपियाँका नोट मात्रै चलाउनुपर्ने बताएका छन् । चितवनको सौराहामा बिहीबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताएका छन् ।

आफ्नो योजनाबारे सुनाउदैँ नेता पाण्डेले भने, ‘एक सयका नोटका बण्डल बोकेर को मान्छे रकम बुझाउन जान्छ ? बोराका बोरा पैसा लिएर हिँड्न पनि समस्या हुन्छ ।’