समाचार

काम नगर्ने ठेकेदारको नाम लिष्ट तयार, अब के हुन्छ ?

काठमाडौं । ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ ।

अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्न सरोकारवाला निकायलाई नाम संकलन गरी पठाउन निर्देशन दिएबमोजिम ७० जिल्लाबाट ठेकेदार र उनीहरु आवद्ध कम्पनीको नाम प्रमुख जिल्ला अधिकारीमार्फत प्राप्त भएको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लाबाट मात्रै पाँचसय भन्दा बढी ठेकेदार र कम्पनीहरुको नाम संकलन भएको छ । –नागरिक दैनिकबाट