स्वास्थ्य

खानेपानीका लागि भारतको भर !

काठमाडौं । दाङको गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझबिहान भारतीय भूमिमा पुग्छन् ।

उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नु पर्छ ।

‘खानेपानीको समस्या छ, त्यसैले म आफैं भारतमा गएर पानी ल्याउने गरेको छु,’ वडाध्यक्ष सिद्दीकीले भने, ‘भारतमा गएर पानी ल्याउनु पर्दा अप्ठ्यारो लाग्न थालेको छ ।

कोइलाबासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ ।

अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेका् कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । भारतीय सुरक्षा बलले दिएको पानी ल्याउने गरेको उनको भनाइ छ । –कारोबार दैनिकबाट