राजनीति

एकीकरण भएको महिनादिन नबित्दै ओली र प्रचण्डले पार्टीको नाम परिवर्तन गर्दै

काठमाण्डौ । नेकपा एमाले र माओबादी केन्द्रबीच एकीकरण भएको महिनादिन नबित्दै नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्नेभएको छ । प्रधानमन्त्री समोत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले नेपाल कम्युनिष्ट पार्टी नामाँकरण गर्न निर्बाचन आयोगमा निबेदन दिएपनि उक्त पार्टी पहिल्यै नै आयोगमा दर्ता भएक कारण राख्न नमिलेपछि नेपाल कम्युनिष्ट पार्टीले नेपाल कम्न्न्युनिष्ट पार्टी ( नेकपा ) राखेर संसोधन गर्न लागेको छ ।

संसदीय दलका उपनेता सुवाशचनद्य्र नेम्वागंले छिट्टै नाम परिवर्तन सहित निर्बाचन आयोगमा दर्ताकालागी जाने तयारी भईरहेको बताए । नेपाल कम्युनिष्ट पार्टी पहिल्ये नै ऋषिराम कंडेलको नाममा दर्ता रहेको छ । भने अर्कोतिर नेत्र बिक्रम चन्द नेतृत्वको माओबादीले समेत नेपाल कम्युनिष्ट पार्टीका नाममा आफ्नो राजनीतिक अभियान चलाईरहेको छ ।

ठूलो अभियान बोकेर पार्टी एकीकरण गरेपनि एकीकरण भएको महिनादिन नबित्दै नाम परिवर्तन गर्नु पार्टीको भिजन नभएको बिश्लेषण गर्न सकिन्छ ।