राजनीति

दम्भ वोक्ने कम्यूनिष्ट सरकारको फिक्का वजेटमा उत्साहित हुने कुनै स्थान छैन : नेता गिरी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले सरकारद्वा्रा आ.व.२०७५/०७६ को प्रस्तुत बजेटमा दाङको टरिगाउँ विमानस्थलको स्तरउन्नतीका लागि सम्वोधन नहुनु दुखद भएको बताएका द्धन् ।
पूर्व मन्त्री समेत रहेका गिरीले दाङमा वैकल्पीक विमानस्थलको सन्दर्भलाई हिजो प्रस्तुत गरिएको वजेटले समेट्नु जिल्लागत विकासकै एक हिस्सा भएपनि २०११ सालबाट सञ्चालनमा आएको ऐतिहासिक महत्व बोकेको टरिगाँउ विमानस्थललाई प्रस्तुत बजेटले वेवास्ता गर्नु तुलसीपुर क्षेत्रलाई विकासका दृष्टिवाट पछि पार्ने नियोजित षड्यन्त्र भएको बताएका छन् ।

जिल्लाको समग्र विकासका लागि जसले पहल गरेपनि त्यो स्वागतयोग्य हुने भन्दै गिरीले नियोजित रुपमा कुनै स्थान वा क्षेत्रलाई षड्यन्त्रपुर्वक पछि पार्न खोज्नु दुर्भाग्य भएको वताएका हुन् ।
सरकार द्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत वजेटवारे प्रतिकृया दिदै पुर्वमन्त्री गिरीले हरेक सवालमा बहुमतको दम्भ वोक्ने कम्यूनिष्ट सरकारको फिक्का वजेटमा उत्साहित हुने कुनै स्थान नरहेको समेत वताए ।
ऐतिहासिक महत्व वोकका सम्पदा तथा ऐतिहासिक उपलव्धीहरुको जगेर्ना गर्नु सरकार तथा सवै राजनीतिक दलको साझा एजेण्डा हुनु पर्ने भन्दै काँग्रेस नेता गिरीले विकासका लागि स्थान विषेसमा भेदभाव हुनु गलत भएको स्पष्ट पारेका छन् ।