राजनीति

ढुंगेललाई रिहाई गरेर सरकारले आफ्नो उदण्डता जनतालाई देखायो – डा. कोईराला

काठमाण्डौ । नेपाली कॉग्रेसका केन्द्रीय सदस्य एबं प्रभाबशाली नेता डा शेखर कोईरालाले बालकृष्ण ढुंगेललाई रिहाई गरेर सरकारले आफ्नो उदण्डता प्रस्तुत गरेको बताएका छन्।

डा कोईरालाले ढुंगेलको रिहाईका बिषयमा न्यायपालिका निरिह देखिएको बताउदै यो घटनाले मुलुक अत्यन्तै भयावह मोडमा प्रवेश गर्न लागेको संकेत गरेको बताए।

नेपाल तरूण दल भोजपुरको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले मलुकमा दण्डहिनता संस्थागतरुप लिदै गएको र न्यायपालिका पनि स्वतन्त्र रहेनछ भन्ने प्रमाणित हुदै गएको बताए । कार्यक्रममा कॉग्रेस केन्द्रीय सदस्य गुरूराज घिमिरे र प्रदिप पौडेल, पुर्व केन्द्रीय सदस्य कुमारीलक्ष्मी राई, भोजपुर कॉग्रेसका सभापती नन्दमणी राई, पुर्वसभापती बालकृष्ण थापा, प्रदेश सभा सदस्य केदार कार्की, युवानेता उमेशजंग रायमाझी, तरुणदलका केन्द्रिय उपाध्यक्ष उत्तम चापागॉई लगायतले आ(आफ्नो मन्तब्य राखेका थिए ।