आर्थिक

सनराइज बैंकद्वारा स्वास्थ्य बीमा अन्तर्गत बीमा रकम भुक्तानी

काठमाडौं । सन्राइज बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

यसै क्रममा बैंकको लुभु शाखाका ग्राहकद्धय राजेन्द्र महर्जनलाई उपचार खर्च एक लाख बराबरको रकम तथा केशव प्रसाद मिश्रलाई उपचार खर्च रु. तेइस हजार ९ सय सोह्र बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले प्रदान गरे ।

साथै बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।